गुरुकुल सहकारीको ५औं वार्षिक साधारणसभा सम्पन्न

दिपा यादव
खुरहुरिया । सप्तरीको विष्णुपुर गाउपालिका वडा नम्बर १, खुरहुरिया स्थित गुरुकुल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ५औ बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले एक लाख रुपैयाँबाट शुरु भएको सहकारीले फड्को मारेको बताउँदै आर्थिक तथा सामाजिक रुपान्तरणमा मद्दत मिलेको बताए । आगामी दिन आय आर्जन हुने तथा रोजगारमूलक कार्यक्रम अगाडि बढाउन सुझाव दिँदै उनले  वडाका वासिन्दालाई प्रत्यक्ष लाभ मिल्ने पालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वडा अध्यक्ष बलराम यादवले संस्थाको विकास तथा प्रवद्र्धनकालागि एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा शिक्षक हरिनारायण यादव, राजनीतिकर्मी जयनारायण यादव, तेजनारायण यादव, जितेन्द्र प्रसाद यादव, स्वास्थ्यकर्मी श्यामप्रकाश यादव, वडा सदस्य तारकेश्वर यादव, सत्यनारायण यादव, सहकारीका पदाधिकारी, सदस्य समेतको उपस्थिति थियो ।

संस्थाका अध्यक्ष जयनारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शिक्षक भोगेन्द्र यादवले गरे । साधारणसभामा आयव्यव प्रतिवेदनका साथै आगामी योजनाहरुबारे छलफल भएको छ । संस्थाले विगत ५ वर्षदेखि आर्थिक सशक्तिकरण, बचत तथा ऋणसेवा प्रवाह गर्दैआएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस