दोषीलाई कार्वाहीको माग गर्दै राजविराज बन्द, प्रदर्शन जारी

राजविराज । हिन्दु सम्राट सेना सप्तरी र बजरङ्ग दल सप्तरीद्वारा शुक्रवार आह्वान गरिएको बन्दका कारण राजविराजको जनजीवन प्रभावित भएको छ ।

दलका जिल्ला अध्यक्ष आकाश यादवलाई केही मुस्लिम युवाहरूले लक्षित गरी कुटपीट गरेको घटनामा संलग्न तथा हिन्दूका देवीदेवता एवम् सामाजिक धार्मिक आस्थालाई लक्षित गरी अपशब्द र अपमानजनक टिप्पणी गर्नेलाई कार्वाही हुनुपर्ने लगायतका माग राख्दै विहानैदेखि बजार बन्द गराइएको हो । दोषी जो–कोही भए पनि निष्पक्ष छानबिन गरी कानुन अनुसार कडा कारवाहीको माग गर्दै उनीहरुले विहानैदेखि प्रदर्शन समेत जारी राखेका छन् ।

प्रदर्शनकारीहरुले राजविराजको विभिन्न चोक तथा सार्वजनिक स्थानहरुमा टायर बालेर विरोध प्रदर्शनलाई निरन्तरता दिएको मोहन यादवले जानकारी दिएका छन् । आफुहरुको माग सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रिन बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा गलत एवम् अपमानजनक टिप्पणी गर्नेलाई कार्वाहीको माग गर्दै यसअघि हिन्दू सम्राट सेना र बजरङ्ग दलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका थिए । उनीहरुले विहीबार समेत राजविराजमा विरोध प्रदर्शन गरेका थिए ।

 

Author:



क्याटोगरी छान्‍नुहोस