सिराहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

जनकपुरधाम । सिराहामा श्रीमानको कुटपिटवाटै श्रीमतीको मुत्यु भएको छ । गोलबजार नगरपालिका २ तेतरिया सुनुवार टोलका एक युवाको कुटपिटवाटर श्रीमतीको मृत्यु भएको हो ।

२२ वर्षीय ललित सदाको कुटपिटवाट उनी श्रीमती २० वर्षीया सरितादेवी सदाको मृत्यु भएको हो। ललितलाई इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको छ।

मदिरा सेवन गरेका ललित सदाले घरायसी विषयमा विवाद हुँदा बिहीबार राती सरितालाई कुटपिट गरेका थिए । कुटपिटवाट टाउ लागेर सरिता घाईते भएकी थिईन । उनको शुक्रवार विहान मृत्यु भएको जनाईएको छ । स्थानीय बासिले खवर गरेपछि पुगेको प्रहरीले ललितलाई पक्राउ गरेको हो ।

दुई छोरीकी आमा सरिताको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780