विद्यार्थी जनमत संघका दुई दर्जन युवाहरुले गरे रक्तदान

राजविराज, २३ जेठ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीआवद्ध विद्यार्थी जनमत संघ सप्तरीले आज गजेन्द्रनारायण सिंह अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संतोष मधेशीको अध्यक्षता आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई दर्जनभन्दा बढी व्यक्तिले रत्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी राजविराजको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा विधाथी जनमत केन्द्रीय सदस्य रमेश यादव, गोपाल शरण, कृष्णा देव मण्डल, प्रेम साह, रघुनन्दन यादव, कृष्णा मेहता, महेश यादव, संतोष मधेशी, अञ्जली साह, कृष्णा साहले रक्तदान गरेका छन् ।

यसैगरी संजय मधेसी, कुशेश्वर मण्डल, आनन्द शर्मा, भानु प्रताप शर्मा, जागे कुमार साह, श्रवण शर्मा, नितेश कुमार मेहता, मनोज कुमार यादव, देव नारायण साह, रक्तदान गरेका छन् भने कुन्दन राउत, शिवजी पासवान, चित्रसेन साह, संजय ठाकुर, रामनाथ राम, दिनेश कुमार यादव, शंकर खड्का, अनिल कुमार ठाकुर, देव नारायण शर्मा लगायतले रक्तदान गरेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780