सप्तरीमा १३ वर्षपछि सामुहिक बलात्कार मुद्दाका प्रतिवादी पक्राउ

राजविराज । सप्तरी प्रहरीले सामुहिक बलात्कार मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–३ का लफन्द्र र जोगिन्द्र भनिने प्रकाश मुखिया छन् ।

मुखियासहितका व्यक्तिले २०६४ असोज ९ गते दिउँसो गाई वस्तु चराइरहेका को–बरसाईन गाविस–४ की एक १० वर्षीया बालिकालाई सामुहिक बलात्कार गरी फरार थिए । घटनापछि पीडितका बुवाले गरेको जाहेरीको आधारमा २०७५ असार ५ गते सप्तरी जिल्ला अदालतको फैसलाले प्रतिवादीहरुलाई जनही १३ वर्ष कैद ठहर गरिएको थियो ।

प्रतिवादीलाई खोजतलास गर्ने क्रममा हिजो (विहिवार) विहान घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । मुखियालाई कैद भुक्तानको लागि कारागार पठाइएको छ भने अन्य फरार प्रतिवादीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस