प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजबाट अन्तिम सुनुवाई

काठमाडौं, ९ असार । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आज (बुधबार)देखि अन्तिम सुनुवाइ सुरु हुँदैछ ।

काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि सुरु हुन लागेको हो । सर्वोच्चको संवैधानिक इजलासले जेठ २७ गते बुधबारदेखि सुनुवाइ गर्ने गरी आदेश गरेको थियो ।

विघटनको एक महिनापछि अन्तिम सुनुवाइ प्रारम्भ हुन लागेको हो । आदेशअनुसार विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले लिखित जवाफ पेस गरिसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस