रौतहट, १० असार । रौतहटमा नेकपा एमालेका नेता प्रभु साह सहभागी भएको कार्यक्रममा विहिबार भडप भएको छ । मौलापुर नगरपालिकाको पाँचौं नगरसभामा साह पक्ष र अरु दलका कार्यकर्ताबीच झडप भएको हो । नगरसभाको प्रमुख अतिथि नेता साह थिए भने उनकी श्रीमती रिना कुमारी साह नगरप्रमुख हुन् ।
नगरपालिकाको कार्यालयमा जारी नगरसभाको क्रममा विपक्षी गठबन्धनले मौलापुर चौकमा विरोध प्रदर्शन गरेका थिए । नगरपालिकामा अनियमितता भएको भन्दै अन्य दलले विरोध प्रर्दशन गर्ने क्रममा झडप भएको हो । नगरसभामा बजेट पेश गर्ने र विपक्षी पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
झडपको स्थितिलाई नियन्त्रण गर्न चार राउण्ड अश्रुग्यास प्रहार गरिएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए ।