सिरहाको पाँच वटा स्थानीय तहले ल्याउन सकेनन् बजेट

लहान । सिरहाका १७ ध्ये १२ वटा स्थानीय तहले बजेट ल्याएका छन् । पाँच स्थानीय तहले भने तोकिएको समयमा बजेट र नीति तथा कार्यक्रम ल्याउन सकेनन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा सबै स्थानीय तहहरूले आगामी आर्थिक वर्षको राजश्व र व्यय बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र गाउँ/नगरसभामा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सभामा पेश भएको बजेटमाथि कार्यतालिका बनाई १५ दिनभित्र छलफल सम्पन्न गर्नुपर्ने प्रावधान छ ।

तर, गत वर्ष जस्तै यस वर्ष पनि जनप्रतिनिधिहरूबीचको विवादका कारण पाँच स्थानीय तहले तोकिएको समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेका हुन् । सिरहाका कल्याणपुर नगरपालिका, औरही गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नरहा गाउँपालिका र विष्णुपुर गाउँपालिकाले तोकिएकै समयमा बजेट ल्याउन सकेनन् ।

लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका, सिरहा नगरपालिका, सुखिपुर नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, अर्नमा गाउँपालिका, नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका र भगवानपुर गाउँपालिकाले भने समयमै बजेट ल्याएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस