पछिल्लो २४ घण्टामा २ हजार ८९२ संक्रमित थपिए, ४१ जनाको मृत्यु

काठमाडौं, १६ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार ७ हजार १८७ जनामा गरिएको पीसीआर परीक्षणबाट १ हजार ८८९ जना र ४ हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १ हजार ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो कुल परीक्षणको २५ प्रतिशत हो । यसअघि आइतबार १ हजार ९२०, सोमबार २ हजार ४४४ र मंगलबार २ हजार ६३६ जना थपिएका थिए । संक्रमित बढे पनि सरकारले भने निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ ।

थपिएकामा काठमाडौंका ४३६, सुनसरीका १८५, झापाका १७९, मोरङ्गका १४६, कास्कीका ११८, ललितपुरका ८९ र भक्तपुरमा ४७ जना हुन् । त्यसैगरी ३ हजार ५७ जना संक्रमणमुक्त भएका छन् । बुधबारै संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस