मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुचारु

राजविराज । जिल्ला निर्वाचन कार्यालयले सप्तरीमा मतदाता नामावली संकलन तथा अद्यावधिक सम्बन्धि कार्य सुचारु गरेको छ । निर्वाचन आयोगको निर्णयअनुसार मतदाता नामावली संकलन तथा अद्यावधिक सम्बन्धि कार्य सुचारु गरेको हो ।

आयोगले तोकिए बमोजिमको प्रमाण लिई आफ्नो जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता मावालीमा नाम दर्ता गराई आफ्नो मताधिकार सुरक्षित गर्न अनुरोध गरेको छ भने कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, मतदात स्थल, जन्म मिति, नागरिकता नम्बर, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नाम लगायतका विवरणमा रहेको त्रृटी सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा संलग्न प्रमाणको आधारमा जिल्ला निर्वाचन अधिकारीले निर्णय गर्ने व्यवस्था मिलाएको छ ।

आयोगको निर्णयहरु:

-कुनै मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलिबाट हटाउनको लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा निर्वाचन अधिकारीले छानविन गरी त्यस्तो नाम हटाउने सम्वन्धमा निर्णय गर्ने

-कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगना परिवर्तन गर्न चाहेमा मतदाता नामावली ऐन, २०७३ को दफा ९ बमोजिम निजको निवेदन लिने । यस्तो निवेदन मतदाताले साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा दिन सक्ने व्यवस्था गर्ने ।

-निवेदन दर्ता भएको कार्यालयको निर्वाचन अधिकारीले प्राप्त निवेदन उपर आवश्यक निर्णय गर्ने । कुनै स्थानीय तहको वडामा एक भन्दा बढी मतदान स्थल भएको अवस्थामा कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थल भन्दा सोही वडाको अर्को मतदान स्थल पायक पर्ने भई नाम सार्न चाहेकमा निजबाट निवेदन लिई निर्वाचन अधिकारीले निजको नाम निवेदन बमोजिम स्थानान्तरण गरिदिने ।

यसैगरी, कुनै मतदाताको मृत्यू भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाई सरी गएको कारण मतदाता नामावलीबाट नाम हटाउनको लागि निवेदन प्राप्त भएमा नाम हटाउने वा नहटाउने सम्बन्धमा जिल्ला निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी हटाइएका मतदाताको विवरण मतदाता नामावली ऐन, ०७३ को दफा १८ को उपदफा (३) बमोजिम अद्ययावधिक गर्ने प्रयोजनको लागि प्रत्येक महिना जिल्ला निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्था मिलाउने र यसरी टाँस भएको सूचनाको विवरण उपर कुनै उजुरी परेमा सोको छानबिन गरी प्रमाण बमोजिम र उजुरी नपरेमा सोही बमोजिम जिल्ला निर्वाचन कार्यालयले नामावली अद्ययावधिक गर्ने भनि आयोगले निर्देशन दिएको छ ।

*सच्याइएको

Author:



क्याटोगरी छान्‍नुहोस