कक्षा १२ को परीक्षा होमसेन्टरबाटै हुने

जनकपुर । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै भौतिक उपस्थितिमा हुने भएको छ । साउन ३१ गतेदेखि होम सेन्टरबाटै परीक्षा हुन लागेको हो ।

बुधवार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ख्याल गरेर यस पटकको परीक्षा होम सेन्टरबाटै लिइने जानकारी दिएका हुन् ।

बैठकमा बोल्दै सचिव अर्यालले अर्को ठाउँमा जानु पर्दा यातायातदेखि कोठा खोजेर बस्नुपर्ने समस्याका साथै कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने बताए ।

कक्षा १० को आन्तरिक मूल्याङ्कनबाटै नतिजा निकाल्ने तयारी भए पनि कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट नभई भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाटै परीक्षा लिन लागिएको सचिव अर्यालले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस