राजविराज, १५ साउन । सप्तरीको रुपनी गाउँपलिकामा आज एक छ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
वडा नम्बर १ नकटीरायपुरको अबधी राम यादवको छोरा युवराज कुमार यादवको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो ।
खेल्ने क्रममा पोखरीमा डुवेर चिकिस्त बनेका युवराजलाई उपचारको लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
घटना बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।