अस्पतालका चिकित्सकले अब क्लिनिकमा विरामी जाँच्न नपाईने

राजविराज, २३ साउन । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत कुनै पनि चिकित्सक वा स्वास्थ्यकर्मीहरुलाई क्लिनिक तथा कुनै पनि स्थानमा विरामी जाँच्न रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा शुक्रवार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले अन्यत्र बिरामी जाँच्ने काय पूर्ण रुपमा बन्द गरी सम्पूर्ण ध्यान अस्पताल एवम् आइसोलेसनमा केन्द्रिकृत गर्ने निर्णय गर्दै सोही अनुरुपको व्यवस्थाकालागि गजेन्द्रनारायण सिंह अस्पताललाई निर्देशन दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द ठाकुरले जानकारी दिएका छन् ।

उनका अनुसार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु समेत उच्च संख्यामा संक्रमित भईसकेको र सो क्रम बढ्दो रहेको हुँदा आकस्मिक सेवा समेत प्रभावित हुने सम्भावना देखिएकोेले अस्पतालले आगामी दिनमा विशेष सजगता अपनाई सेवा सञ्चालनलाई उपयुक्त रुपमा व्यवस्थापन गर्ने निर्णय गरिएको छ । जिल्लामा लक्षण नदेखिएका कोभिड १९ संत्रमितको बढ्दो संख्यालाई व्यवस्थापन गर्न स्थानीय तहहरुलाई आइसोलेसन केन्द्र सञ्चालन गर्न अनुरोध गर्दैआईरहेको चर्चा गर्दै त्यसलाइृ कार्यान्वयन गर्ने निर्णय भएको सूचना अधिकारी समेत रहेका ठाकुरले जानकारी दिए ।

कोरोनाको लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई स्थानीय तहहरुमै व्यवस्थापन गर्ने गरी पालिका स्तरमा आइसोलेसन केन्द्र स्थापना एवम् सञ्चालन गर्न सम्पूर्ण राजनीतिक दलहरुले आ–आफ्नो दल मार्फत जिल्ला स्थित पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरिएको उनले बताए । आइसोलेसन केन्द्रमा देखिएको समस्याहरुलाई सम्वन्धित निकायले सम्वोधन गर्दै जान निर्देशन दिँदै आइसोलेसन केन्द्र र गजेन्द्रनारायण सिंह अस्पतालका स्वास्थ्यकर्मी एवम् कर्मचारीको मनोबल उच्च राख्दै सुरक्षित एवम् तनावरहित कार्य वातावरण उपलब्ध गराउन सबै राजनीतिक दल, नागरिक समाज लगायतले आ–आफ्नो क्षेत्र स्थानबाट सहयोग गर्ने निर्णय गरिएको सूचना अधिकारी ठाकुरले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस