कांग्रेसको वडा अधिवेशन आजबाट सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको छ । निर्वाचन समितिका अनुसार आज ४५ जिल्लामा अधिवेशन हुने छ । २१ जिल्लाको सदस्यता विवाद टुंगो लाग्न सकेको छैन ।

बाँकी जिल्लाका वडामा भदौ २६ भन्दा अगाडि नै अधिवेशन गरिसक्नु पर्ने छ । भदौ २७ गते गाउँ/नगर अधिवेशन गर्ने कार्यतालिका छ ।

वडा अधिवेशनमा क्रियाशील सदस्य मतदान गर्छन् । वडा अधिवेशनबाट वडा कमिटी र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् । केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने छ ।

पार्टीको वडा अधिवेशन सुरु भएको अवसरमा कांग्रेस सभापित शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन् । सामाजिक दूरी कामय गरी अधिवेशनमा सहभागि हुन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस