थपिए २ हजार ४ संक्रमित, १६ जनाको मृत्यु

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ हजार ६५० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १० हजार ६५८ जनाको पिसिआर र ३ हजार ९९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । सोही अवधिमा एक हजार ८४६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यसको संक्रमणबाट थप १६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ । हाल सक्रिय संक्रमित ३३ हजार ९४६ सय छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस