‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

काठमाडौं, १७ भदौ । अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृयाघातबाट उनको निधन भएको हो ।

मुम्बई को कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो । भरातीय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि आएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए ।

अस्पतालले हृदयाघातबाट उनको निधन भएको जनाएको छ । उनी रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बनेका थिए । सिद्धार्थ बिग बोस सिजन १३ का विजेता हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस