प्रदेश २ मा एमाले छाडेर ११ जना सांसदले माधव नेपालको पार्टी रोजे

जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन् ।

एमाले विभाजनपछि एमालेबाट प्रदेश सभामा एमालेबाट निर्वाचित ११ जना सांसदले विहिवार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीमा रहेको सनाखत गरेका छन् ।

प्रदेश सभा संसदीय दलका नेता शत्रुधन महतोसहित सांसदहरु अशोक यादव, प्रमोद यादव, मदनसेन श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, रवीन्द्र बैठा, मञ्जु यादव, हसिना खातुन, बेची लुङ्गेली र दिल्ली उप्रेतीले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।

११ जना सांसदहरु एकीकृत समाजवादीमा लागेपछि २१ सांसद रहेका एमालेमा अब १० जनामात्र रहेका छन् । प्रदेश सभामा माधवकुमार नेतृत्वको एकीकृत समाजवादी केपी शर्मा ओली नेतृत्वको एमालेभन्दा ठूलो दल बनेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस