सप्तरीमा शैच गर्न गएका युवकको नहरमा डुबेर मृत्यु

file photo

राजविराज, १७ भदौ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ मा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ ।

नहरमा शौच गर्न गएका सकरदहीस्थित पश्चिमी नहरमा डुवेर वडा नम्वरका १ भारदह लवटोलियाका२१ बर्षीय लक्ष्मण ईसरको मृत्यु भएको प्रहरी जनाएको छ ।

शौच गर्न गएको बेला नहरको डिलबाट लडेर लक्ष्मण डुबेको हुनसक्ने प्रहरीको अनुमान छ । मलेशियामा सात बर्षको बसाइपछि १५ दिनअघि मात्र लक्ष्मण घर आएका थिए ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस