प्रदेश २ सरकारलाई करोड बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

जनकपुरधाम, २८ भदौ । प्रदेश २ सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले कोरोना महामारी रोकथाम गर्न एक करोड बढी मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

अमेरिकी गैर सरकारी संस्था होपको सहयोगमा उपलब्ध गराइएका सो सामग्रीहरु फाउण्डेशनका पदाधिकारीले सोमवार मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन् ।

दुई हजार ४ सय थान गाउन, २ हजार ३३२ थान फेस शिल्ड, ८ हजार ४ सय थान मास्क, १ हजार ८ सय थान एन–९५मास्क, २० थान डिजिटल थर्मोमिटर, १ हजार ८९० थान प्रोटेक्टीभ फेस शिल्ड, २७६ थान पिपिई (मिडियम) र २७६ थान पिपिई (लार्ज), ४ थान इमरजेन्सी रिलिफ बेड, १ लाख थान ग्लोभ्स, १५ हजार ३६० थान केएन ९५ प्रोटेक्टीभ मास्क हस्तान्तरण गरिएको छ ।

सो अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव हरि प्रसाद मैनाली, स्वास्थ्य आपूर्ति निर्देशक डा. प्रमोद यादव लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस