सप्तरीका स्थानीय तहमा बेरुजुको सीमा नाघ्दै, कहाँ कति ?

राजविराज, २८ भदौ । नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेको सप्तरीमा आर्थिक अनुशासनहीनता र बेथिति बढ्दो रहेको पाइएको छ ।

बेरुजु घटाउन सरकारले हरेक वर्ष चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । तर, यहाँका स्थानीय तहहरुले गर्ने खर्चमा भने बेरुजुको सीमा नाघ्दै गएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वर्षिक प्रतिवेदनमा देखिन्छ ।

प्रतिवेदनअनुसार यहाँका ८ वटा स्थानीय तहमा अहिलेसम्मको बजेटको १० प्रतिशतभन्दा बढी र १० वटा स्थानीय तहमा १० प्रतिशत भन्दा कम बेरुजु छ । आर्थिक वर्ष २०७६/०७७ सम्ममा सबैभन्दा बढी राजविराज नगरपालिकामा बेरुजु देखिएको छ भने सबैभन्दा कम बलानबिहुल गाउँपालिकामा बेरुजु छ ।

राजविराज नगरपालिकामा १ अर्व ५८ करोड ४ लाख ३८ हजारमध्ये २२ करोड १८ लाख २४ हजार रुपैयाँ अर्थात १४ दशमलव ०४ प्रतिशत तथा बलानविहुल गाउँपालिकामा ६५ करोड ९० लाख ७० हजारमध्ये १ करोड १७ लाख ३ हजार रुपैयाँ अर्थात १ दशमलव ७८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी कञ्चनरुप नगरपालिकामा १ अर्ब ३७ करोड ७८ लाख ७६ हजार मध्ये १७ करोड २४ लाख ९४ हजार रुपैयाँ अर्थात १२ दशमलव ५२ प्रतिशत, शम्भुनाथ नगरपालिकामा १ अर्ब ६ करोड ३२ लाख ६४ हजारमध्ये १४ करोड १० लाख ६२ हजार अर्थात १३ दशमलव २७ प्रतिशत वेरुजु ठहरिएको छ ।

खडक नगरपालिकामा १ अर्ब २५ करोड ५० लाख ६ हजारमध्ये १३ करोड ४१ लाख ३ हजार अर्थात १० दशमलव ६९ प्रतिशत, विष्णुपुर गाउँपालिकामा ६४ करोड ८८ लाख ७२ हजारमध्ये १२ करोड २१ लाख ७२ हजार अर्थात १८ दशलव ८३ प्रतिशत, छिन्नमस्ता गाउँपालिकामा ७० करोड ५२ लाख ७१ हजारमध्ये ११ करोड ९१ लाख ५६ हजार अर्थात १६ दशलव ९० प्रतिशत बेरुजु भएको प्रतिवेदनमा छ ।

यसैगरी तिलाठी कोईलाडी गाउँपालिकामा ९३ करोड १५ लाख २८ हजार रकममध्ये १० दशमलव १ प्रतिशत अर्थात ९ करोड ३२ लाख ५९ हजार, राजगढ गाउँपालिकामा ८० करोड ३९ लाख २५ हजारमध्ये १० दशलव ३७ अर्थात ८ करोड ३३ लाख ७४ हजार, बोदेबर्साइन नगरपालिकामा १ अर्ब १६ करोड ३४ लाख ५५ हजारमध्ये ५ दशमलव ७ प्रतिशत अर्थात ५ करोड ८९ लाख २९ हजार बेरुजु देखिएको छ ।

तिरहुत गाउँपालिकामा ६१ करोड ७४ करोड १० हजारमध्ये ९ दशलव ४७ प्रतिशत अर्थात ५ करोड ८४ लाख ७१ हजार, डाक्नेश्वरी नगरपालिकामा १ अर्ब ६ करोड ७० लाख ७४ हजारमध्ये ४ करोड ९७ लाख १ हजार अर्थात ४ दशमलव ६६ प्रतिशत, अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा ८५ करोड ८६ लाख ४८ हजारमध्ये ४ करोड ४४ लाख ३३ हजार अर्थात ५ दशमलव १७ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा छ ।

यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकामा १ अर्ब ३३ करोड ७४ लाख ७४ हजारमध्ये ३ दशमलव ६ प्रतिशत अर्थात ४ करोड ९ लाख २२ हजार, सप्तकोशी नगरपालिकामा ८१ करोड १० लाख ८० हजारमध्ये ४ दशमलव ०७ प्रतिशत अर्थात ३ करोड २९ लाख ७६ हजार, महादेवा गाउँपालिकामा ८६ करोड ९ लाख ६७ हजारमध्ये २ दशमलव ५९ प्रतिशत अर्थात २ करोड २३ लाख बेरुजु छ ।

यसैगरी सुरुङ्गा नगरपालिकामा १ अर्ब १४ करोड ९८ लाख ५४ हजार मध्ये १ दशमलव ७२ प्रतिशत अर्थात १ करोड ९८ लाख २८ हजार, रुपनी गाउँपालिकामा ६८ करोड ७१ लाख ५५ हजार मध्ये २ दशमलव १६ प्रतिशत अर्थात १ करोड ४८ लाख ९ हजार र बलान विहुल गाउँपालिकामा ६५ करोड ९० लाख ७० हजारमध्ये १ दशमलव ७८ प्रतिशत अर्थात १ करोड १७ लाख ३ हजार रुपैयाँ बेरुजु भएको प्रतिवेदनमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस