भारत सरकारको सहयोगः विपदमा परेका सप्तरीवासीलाई ४३ लाखको राहत

राजविराज, १० असोज । भारत सरकारको सहयोगमा सप्तरीका बाढी र आगलागी पीडित परिवारलाई ४३ लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको छ ।

आइतवार राजविराजमा नेपाल–भारत महिला मैत्री समाज काठमाडौंद्वारा आयोजना गरिएको ‘वाढी, आगलागी तथा पहिरोबाट पीडित परिवारहरुकालागि अस्थायी बसोवास राहत सामग्री हस्तान्तरण कार्यक्रम’ सो राहत वितरण गरिएको हो ।

कार्यक्रममा समाजकी अध्यक्ष समेत रहेकी सांसद चन्दा चौधरीले विपद् पीडितहरुकालागि भारत सरकारको तर्फबाट सहयोग स्वरुप प्राप्त भएका राहत सामग्री प्रमुख जिल्ला अधिकारी जनार्धन गौतमलाई हस्तान्तरण गर्दै विभिन्न प्रकोपबाट पीडामा परेकाहरुलाई पहिचान गरी राहत उपलब्ध गराउन आग्रह गरेकी छन् ।

राहत सामग्रीमा विग टेण्ट ३० थान, सिंगल फेमिली टेण्ट ५५ थान, डबल फेमिलि टेण्ट २५ थान र २ सय थान म्याट छन् । सामग्री हस्तान्तरण गर्दै उनले भारत सरकारबाट विभिन्न खाले विपत्तिमा परेर घरविहीन भएकाहरुको अस्थायी बसोवासकालागि सप्तरीसहित सिरहा, महोत्तरी, बारा, पर्सा, रौतहट, धनुषा, सर्लाही, रुपन्दही र नवलपरासी गरी १० जिल्लाका लागि ५ करोड ३९ लाख ४० हजार ८ सय मुल्य बराबरको राहत सामग्री संस्था मार्फत सहयोग गरेको जानकारी दिइन् ।

प्रमुख जिल्ला अधिकारी गौत्तमकै अध्यक्षता तथा संस्थाकी अध्यक्ष चौधरीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा राजविराज नगरपालिकाकी उपमेयर साधना झा, लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु सुनिल झा, दिपेन्द्र चौधरी र अमरनाथ मण्डल, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कोषाध्यक्ष नवीन कुमार गुप्ता, तिलाठी कोईलाडी गाउँपालिका–४ का अध्यक्ष गोपी मण्डल लगायतले नेपाल–भारत सम्बन्धबारे चर्चा गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस