थप १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

जनकपुरधाम, १३ असोज । नेपाल पछिल्लो २४ घण्टामा १ हजार १५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा १ हजार १५७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १ हजार ११३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये ९९ जना भेन्टिलेटरमा रहेका छन् भने ३४५ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस