मैथिली साहित्य परिषद्का अध्यक्ष दत्तलाई मातृशोक

राजविराज, १४ असोज । मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष सतिशकुमार दत्तलाई मातृशोक परेको छ । दत्तकी आमा सशिकला दत्तको ७५ वर्षको उमेरमा बुधवार निधन भएको हो ।

धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आमाको विहान ७ बजे निधन भएको अध्यक्ष दत्तले जानकारी दिए । सोमवार स्वास्थ्यमा समस्या देखिएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएकोमा अवस्था जटिल भएपछि थप उपचारकोलागि धरान लगिएको थियो ।

उपचारकै क्रममा हृदयघात भएर उनको निधन भएको जनाएको छ । उनको विहिवार हनुमाननगरस्थित आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्योष्टी गरिएको परिवारजनले जनाएको छ । अध्यक्ष दत्तकी आमाको ३ भाइ छोरा छ्न । मातृशोकमा परेका अध्यक्ष दत्त नेपाल पत्रकार महासंघ शाखाका सदस्य एवम् अधिवक्ता समेत हुन् ।

यसैबीच, दत्तकी आमाको निधनप्रति प्रेस मञ्च नेपाल शाखा सप्तरीले गहिरो दुख व्यक्त गरेको छ । प्रेस मञ्च नेपाल शाखा सप्तरीका अध्यक्ष बृजमान तामाङले विहीवार एक शोक वक्तव्य जारी गर्दै पत्रकार दत्तकी आमाको निधनको खबरले सिंगो संगठन स्तब्ध भएको जनाएको छ ।

शोक वक्तव्यमा मृत आत्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा धर्यधारणको ईश्वरसँग कामाना गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस