सरिता गिरीले गठन गरिन् मधेश विकास फोरम

जनकपुरधाम। पार्टीको कारबाहीमा परेर सांसद पद गुमाएकी पूर्व मन्त्री सरिता गिरीले सामाजिक संस्था सुरु गरेकी छन् ।

मधेश विकास फोरम नाम संस्थामार्फत उनले स्थानीय तहमा वातावरणको संरक्षण गर्दै सहभागिता मूलक जनमुखी विकास, विधिको शासन र मानव सुरक्षामा काम गर्ने बताइएको छ ।

सो संस्थाको संयोजकमा सरिता गिरी छन् भने उपसंयोजकमा लहान नगरपालिकाका स्थानीय रामप्रसाद महतो छन्।

पहिलो चरणमा फोरमको विस्तार लहान नगरपालिकाको २४ वटा वडा र सिराहा जिल्लामा गरिने गिरीले जानकारी दिएको छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस