किसानलाई तत्काल क्षतिपूर्ति गराउन सांसद यादवको माग

जनकपुरधाम । लगातार वर्षाका कारण बालीनाली नष्ट भएको प्रति संघीय सांसद रामबाबू यादवले किसानलाई बाली नोक्सानीको क्षतिपूर्ती उपलब्ध गराउन आग्रह गरेका छन् ।

उनले क्षतिको विवरण संकलन गरी किसानहरूलाई क्षतिपूर्ती दिन स्थानीय, प्रदेश र संघीय सरकारसँग सामाजिक संजालमार्फत माग गरेका हुन्।

उनले पछिल्लो केही दिनदेखि जारी रहेको अविरल वर्षा तथा हावाहुरीका कारण देशका बिभिन्न जिल्लाहरुमा भित्र्याउनका लागि काटी राखेको धान बाली नष्ट भएको उल्लेख गरेका छन् । ऋण लिएर खेतीपाती गर्ने किसानको एक मात्र आय स्रोतको रुपमा रहेको धान वाली नष्ट हुँदा किसान मर्कामा परेको भन्दै उनले किसानलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार