अटोमोबाइल क्षेत्रप्रति केन्द्रीय सरकारको धारणा सकारात्मक नहुनु दुःखदः मुख्यमन्त्री राउत

जनकपुरधाम, ६ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा अटोमोबाइल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न आग्रह गरेका छन् । धनुषाको ढल्केबरमा आयोजना गरिएको जानकी अटोमोबाइल एशोसिएसनको प्रथम बार्षिक साधारणसभालाई उद्घाटन गर्दै उनले प्रदेश सरकारले उद्योग ऐन ल्याइसकेकाले उद्योग सञ्चालन गर्न आग्रह गरेका हुन् ।

‘तपाईहरु उद्योग सञ्चालनको तयारी थाल्नु होस्, वातावरण निर्माण गर्ने जिम्मा हाम्रो छ।’ उनले भने–‘थप ऐन–कानुन आवश्यक परे तपाईहरुबाट सुझाव आओस् ।’ मुलुकको आर्थिक समृद्धि एवम् रोजगारीको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको अटोमोबाइल क्षेत्रप्रति केन्द्रीय सरकारको धारणा सकारात्मक नहुनु दुःखद रहेको उल्लेख मुख्यमन्त्री राउतको कथन छ ।

जानकी अटोमोबाइल एशोसिएसन अफ नेपालको अध्यक्ष तेजनारायण साहको अध्यक्षतामा भएको उद्घाटनमा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाल, मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो लगायतले शुभकामना दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस