आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जनकपुरधाम । के तपाईँको बालबालिका ५ वर्षमुनिका छन् ? छन् भने सरकारले आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ निःशुल्क खुवाउँदैछ । ६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउने कार्यक्रम छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो । स्वास्थ्य सेवा विभागका अनुसार १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाइने कार्यक्रम रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस