जनमत पार्टीद्वारा राजविराजमा प्रदर्शन

राजविराज, ८ कार्तिक । जनमत पार्टीले सप्तरी सदरमुकाम राजविराजमा सोमवार प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रमअनुसार सिटी जुलुस प्रदर्शन गरेको हो ।

राजविराजस्थित पार्टी कार्यालयबाट निकालिको र्याली बजार परिक्रमा पश्चात स्थानीय शिव मन्दिरको प्रागंणमा कोणसभामा परिणत गरिएको थियो ।

गत विहिवार जनमत पार्टीआवद्ध नेता/कार्यकताहरूले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गरेको भन्दै प्रहरीले १७ जनामाथि मुद्दा चलाएपछि पार्टीले घोषणा आन्दोलनअनुसार प्रदर्शन गरिएको पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले जानकारी दिए ।

कोणसभाका वक्ताहरुले नेता/कार्यकर्ताहरुलाई अविलम्ब निःशर्त रिहाई गर्न माग गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस