थप ७७६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

जनकपुर, ८ कार्तिक । देशभर पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २८४ पीसीआर र २ हजार ५८० एन्टिजेन परीक्षण गर्दा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ पुगेको छ ।

यसैगरी २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार ३६० सक्रिय संक्रमित रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस