दसैंमा प्रदेश २ मा सवारी दुर्घटनामा ३१ को मृत्यु

जनकपुरधाम । दसैंमा प्रदेश नं. २ मा भएको सवारी दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको छ। यस वर्ष दसैंको फुलपाती असोज २६ गतेदेखि पूर्णिमा कार्तिक ३ गतेको अवधिभित्रमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।

प्रहरीका अनुसार यसरी मृत्यु हुनेमा सबैभन्दा बढी सप्तरी र बारामा ८/८ जना रहेका छन्। त्यस्तै सिरहा, धनुषा, महोत्तरी, रौतहटमा ३/३ जनाको मृत्यु भएको छ भने पर्सामा २ र सर्लाहीमा १ जनाको मृत्यु भएको छ।

सो अवधिमा प्रदेश नं. २ मा १९० वटा सवारी दुर्घटना भएको थियो। दुर्घटनाको क्रममा गम्भीर घाइते हुनेमा ९ र समान्य घाइते हुनेमा २५२ जना रहेको सुचना अधिकृत प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवारले जानकारी दिए। सो दुर्घटनाको क्रममा २८४ वटा सवारी साधनको संलग्नता रहेको प्रहरी नायव उपरीक्षक जैसवारले बताए।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780