प्रदेश २ सरकारद्वारा विश्वविद्यालय सम्बन्धि अध्यादेश सिफारिस

जनकपुरधाम, ९ कार्तिक । प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ । मन्त्रीपरिषदको मंगलबार सम्पन्न बैठकले विरगंज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

प्रदेश प्रमुखबाट अध्यादेश जारी भएसँगै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुल्ला हुनेछ । कृषि तथा प्राविधिक सम्बन्धि उच्च स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धि अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेश सभा संचालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरिएको हो ।

प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र विरगंजमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको जनाएको छ । यसैगरी ग्रिन सिटी, क्लिन सिटी अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र विरगंजमा सरसफाई , विजुली बत्ति तथा वृक्षारोपण कार्य संचालन गर्ने निर्णय समेत गरिएको प्रवक्ता मन्त्री साहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस