बोदे बरसाईनमा माेटरसाइकल दुर्घटना हुँदा एकको ज्यान गयाे

राजविराज, ४ मंसिर । सप्तरीको बोदे बरसाईन नगरपालिका–७ हैठीमा आज साँझ मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । स ६ प ५०६० नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । उपचारको क्रममा उनको ज्यान गएको प्रवक्ता प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस