प्रदेश २ का नवनियुक्त मन्त्रीद्वयद्वारा शपथ

जनकपुरधाम, ५ मंसिर । प्रदेश २ सरकारका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

जनकपुरधामस्थित मधेश भवनमा आज (आइतबार) बिहान आयोजना गरिएको समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादवलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

नेकपा एकिकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी भएसँगै दुवै जना मन्त्री बनेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस