सप्तरी उद्योग बाणिज्य संघको अध्यक्षमा अग्रवाल निर्वाचित, कसको कति मत ?

राजविराज, ५ मंसिर । सप्तरी उद्योग बाणिज्य संघ राजविराजको ११ औं अधिवेशनबाट अध्यक्ष पदमा लालुप्रसाद अग्रवाल निर्वाचित भएका छन् । शनिवार सम्पन्न मतदानको आइतवार आएको नतिजाअनुसार अध्यक्ष पदमा अग्रवाल निर्वाचित भएका हुन् ।

कुल १ हजार ३२२ मतदाता रहेको संघमा १ हजार १६१ जनाले मतदान गरेका थिए । जसमा अग्रवालले ७४६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटत्तम प्रतिद्वन्दी शंकर दासले ३२७ मत ल्याएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता रामकुमार यादवले जानकारी दिए । यसैगरी उद्योग तर्फको उपाध्यक्षमा दुर्गानन्द प्रसाद साहले ५७२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटत्तम प्रतिद्वन्दी रामअशिष साहले ४७० मत प्राप्त गरे ।

यसैगरी बाणिज्य तर्फको उपाध्यक्ष रमेश कुमार साहले ८१८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटत्तम प्रतिद्वन्दी गौरीशंकर साहले ३२८ मत प्राप्त गरे । महासचिवमा अमृतकुमार संचेतीले ६५५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटत्तम प्रतिद्वन्दी सुरज सिंहले ३८५ मत ल्याए ।

यसैगरी सचिवमा सुरेन्द्र विमलले ५९३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटत्तम प्रतिद्वन्दी गुलामबदी उजुम खाँले ४२४ मत प्राप्त गरे । कोषाध्यक्षमा प्रमोद कुमार कावराले ६८४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी दिनेश प्रसाद साहले ३८९ मत प्राप्त गरे ।
सह–कोषाध्यक्षमा निर्मल मुन्धडाले ५४४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी अनिल प्रसाद सिंहले ४७६ मत प्राप्त गरे ।

यसैगरी सदस्यहरुमा सन्तोष सिंन्हाले ६३२, सचिन्द्र दासले ५६९, सुरेन्द्र साहले ५१६, कमल प्रसाद साहले ५२०, संजय पुर्वेले ४९५, दिलिप प्रसाद गुप्ताले ४८३ र महिला सदस्यमा अम्बिका दाहालले ६३७ मत प्राप्त गरी निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस