सनराइज बैंक राजविराज शाखाः फरार कर्मचारी अझैं पक्राउ परेन

राजविराज, ७ मंसिर । सनराइज बैंक शाखा राजविराजका एक जना कर्मचारी विरुद्ध पक्राउ पुर्जी जारी भएको एक महिना भइसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

बैंकिङ्ग कसूर अन्तर्गत बैंकका वरिष्ठ सहायक चन्दन सिंह विरुद्ध गत कार्तिक ७ गते नै पक्राउ पुर्जी जारी हो । उनको खोजी कार्य भरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

‘बैंकिङ्ग कसूर अन्तर्गत सिंह विरुद्ध गत कार्तिक ७ गते सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो’ उनले भने–‘पुर्जीसँगै उनी फरार छन्, पक्राउ गर्ने हाम्रो प्रयास जारी छ ।’

श्रोतका अनुसार वरिष्ठ सहायक सिंहमाथि सनराइज बैंक राजविराजबाट सरकारी कार्यालय र सर्वसाधारणको लाखौं रकम हिनामिना गरेको आरोप छ ।

Author:



क्याटोगरी छान्‍नुहोस