देशभर २७० कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

जनकपुर । देशभरभर पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४४६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १५ हजार ९७९ पुगेको छ । सोही अवधिमा ३०२ जना कोरोनामुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १ हजार ७२२ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस