देशव्यापी बनाइँदै विद्युतीय राहदानी

काठमाडौं, ४ पुस। सरकारले मङ्सिर १ गतेदेखि नेपाल भित्र्याएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन देशव्यापी अभियान थालेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी वितरणका लागि देशव्यापी अभियान थालेको हो ।

विभागका महानिर्देशक डोरनाथ अर्यालले राहदानी विभागको चारवटा छुट्टाछुट्टै टोली देशका विभिन्न जिल्लामा पुगेर विद्युतीय राहदानी वितरणको अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

सुरुमा विभागबाट मात्र वितरण गरिएको विद्युतीय राहदानी सर्वसुलभ बनाउन देशव्यापी अभियानमार्फत वितरण टोली खटिएको हो । टोलीले हरेक जिल्ला पुगेर त्यहाँस्थित जिल्ला प्रशासन कार्यालयको टोलीलाई प्रशिक्षित गर्दै विद्युतीय राहदानी वितरणको प्रक्रिया सिकाइरहेको छ ।

शुक्रबार महानिर्देशक अर्यालसहितको टोली रुपन्देही पुगेर विद्युतीय राहदानी वितरण जिल्लाबाट थालेको छ । गोरखापत्र दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780