सप्तरीमा मोटरसाइकल जुध्दा दुईको मृत्यु, चार घाइते

राजविराज, १८ पुस । सप्तरीको सप्तकोशी नगरपालिका–४ मा गए राति दुई वटा मोटरसाइकल जुधेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

कंचनपुर–फतेपुर भित्रि सडक खण्डमा को २२ प १५५८ र को २२ प १५५८ नम्वरको मोटरसाईकल जुधेर दुर्घटना भएको हो ।

दुर्घटनामा ३११८ नम्वरकोे मोटरसाइकल चालक कंचनरुप नगरपालिका–७ का शुभास बस्नेत र १५५८ नम्बरको मोटरसाईकल चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का २८ बर्षीय हरि शंकर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले बताए ।

दुर्घटनामा बस्नेतकै ३० बर्षीया पत्नी ममता सापकोटा, ८ वर्षीय छोरा सम्मर बस्नेत, १ वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् ।

त्यसैगरी १५५८ नम्बरको मोटरसाइकलमा सवार सप्तकोशी नगरपालिका–९ को ३६ वर्षीय रोहित चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।

दुवै मोटरसाइकल नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस