थप ३२६ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

जनकपुर, १९ पुस । देशभर पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १२ हजार ४९८ जनामा परिक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण देखिएको हो ।

सोही अवधिमा थप २५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५९८ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस