पत्रकार यादवको घरमा आगजनी गर्नेमाथि कार्वाहीको माग

राजविराज,२१ पुस । प्रेस मञ्च नेपाल सप्तरीले मञ्च प्रदेश २ का अध्यक्ष सुरेशकुमार यादवको घरमा आगजनी गर्नेमाथि कडा कारबाहीको माग गरेको छ ।

मञ्च सप्तरीका अध्यक्ष वृजमान तामाङ्गले आज विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानविन गरि दोषीमाथी हदैसम्मको कारबाहीको माग गरेको हो ।

‘पत्रकार यादवको घरमा भएको आगजनीको घटनाको खबरले सिंगो संगठनलाई अत्यन्तै दुखित तुल्याको छ’ प्रेस विज्ञप्तिमा भनिएको छ’–‘समग्र सुरक्षा व्यवस्थालाई नै चुनौती दिने गरि अज्ञात समुहद्वारा दिन दाहाडै आगजनी गरिएको छ । घटनाको सत्यतथ्य छानवीन गरि यस्ता जघन्य अपराध एव अराजक क्रियाकलापमा संलग्नलाई पक्राउ गरि कडा कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको लागि सरकार र स्थानीय प्रशासनसंग जोडदार माग गर्दछु ।’

गत मंगलबार विहान धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित गोदारको सखवनी टोलमा अवस्थित पत्रकार यादवको घरमा अज्ञात समुहद्वरा आगजनी गर्दा लाखौंको क्षति भएको थियो ।

आमालाई उपचार गर्ने क्रममा बाहिर रहेको मौका छोपी आगजनी हुँदा घरसहित नगद, लत्ताकपडा, अन्नापात, फर्निचर लगायतका सम्पुर्ण सामान पुर्णरुपले जलेर नष्ट भएको पत्रकार यादवले जानकारी गराए । पत्रकार यादवको नेतृत्वमा धनुषाको सबेला नगरपालिकामा भ्रष्टाचार विरुद्ध अभियान संचालन भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस