क्यान्सर पीडितलाई मासिक भत्ताको व्यवस्था गराइने मुख्यमन्त्रीकाे प्रतिबद्धता

जनकपुरधाम, २३ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितहरुलाई प्रदेश सरकारबाट मासिक भत्ता उपलब्ध गराउने बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१ औ केन्द्रिय सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राउतले प्रदेश सरकारबाट क्यान्सर पीडितहरु उपचारका लागि एक लाख राहत पाउदै आएकोमा अब कानून नै बनाएर उपचार खर्चको साथै मासिक भत्ताको समेत व्यवस्था गरिने प्रतिबद्धता जनाए ।

प्रदेशको स्वास्थ्य संस्थाहरुको अवस्था दयनिय रहेको अवस्थामा प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर सुधारको प्रयास थालेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रादेशिक जनस्वास्थ्य ल्याब मुलुककै नमूना ल्याबको रुपमा स्थापित हुन लागेको दावी समेत गरे । संस्थाका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन समारोहमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ, गणेश साहसहितका वक्ताहरुले शुभकामना मन्तव्य गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस