मधेशमा आज बलिदानी दिवश मनाइदै

राजविराज, ५ माघ । मधेश प्रदेश सरकारले आज (बुधवार) मनाउन लागेको बलिदानी दिवश अर्थात मधेश आन्दोलन स्मृति दिवशमा शहिद परिवारलाई ३–३ लाखका दरले उपलब्ध गराइने भएको छ ।

दिवश मनाउन सप्तरीको राजविराजमा आयोजना गर्न लागेको कार्यक्रममा मधेश आन्दोलनका ५७ शहिद परिवारलाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले सो रकम उपलब्ध गराइने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

त्यस्तै, मधेस आन्दोलनका घाइतेहरुको अवस्था हेरि २५ हजारदेखि ३ लाखसम्म प्रदान गरिने प्रदेश सरकारले निर्णय गरेको छ । २०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले यो दिन सार्वजनिक विदा समेत दिँदै आएको छ ।

यसअघि हिजो (मंगलबार) पनि मधेश प्रदेशले प्रदेशको नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ कायम भएको खुसियालीमा सार्वजनिक विदा दिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस