लोसपाको सप्तरी जिल्ला कार्य समिति विस्तार

राजविराज, १० फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को सप्तरी जिल्ला कार्य समिति विस्तार भएको छ । सुनिलकुमार झाको अध्यक्षतामा ७६ सदस्य जिल्ला कार्य समिति विस्तार भएको हो ।

समितिको उपाध्यक्षहरुमा बौआलाल शर्मा, तेजनारायण यादव र राजेन्द्र प्रसाद दास, सचिवमा विजय कुमार राय, सह–सचिवहरुमा जय नारायण यादव, विद्यानन्द चौधरी र रन्जु कुमारी साह तथा कोषाध्यक्षमा मनोज कुमार झा छन् ।

त्यस्तै, जिल्ला कार्यकारिणी सदस्यहरुमा विरेन्द्र कुमार यादव, शत्रुधन मण्डल, जिवछ मण्डल, अनार देवी राम, लक्ष्मी देवी रजक र रविन्द्र कुमार मण्डल चयन भएका छन् । समितिका सदस्यहरुमा शुभचन्द्र झा, रघुनाथ मेहता, विष्णुप्रसाद गुप्ता लगायत छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस