घरेलु कामदार बन्न विदेश जाने नेपालीलाई अनुमति

काठमाडौं, फागुन २४ । पाँच वर्षअघि संसदीय सुनुवाइ समितिको सिफारिसमा बन्द भएको घरेलु कामदारको श्रम स्वीकृति पुनः खुलेसँगै यस क्षेत्रमा श्रम लिनेहरूको संख्या बढेको छ ।

वैदेशिक रोजगारीमा घरेलु कामदारको रूपमा जाने नेपाली असुरक्षित भएको भन्दै २० चैत २०७३ मा व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी र अन्य मुलुकमा घरेलु कामदार पठाउन पूर्णरूपमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो ।

घरेलु कामदारको रोकिएको श्रम स्वीकृतिका कारण आफ्नो परिवारको भेटघाटबाट समेत वञ्चित बनेकाहरूको गुनासोलाई मध्यनजर गर्दै ९ फागुन २०७८ मा मन्त्रीस्तरीय निर्णयले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिन थालिएको हो ।

सरकारले घरेलु कामदारमा पुनः श्रम स्वीकृति दिने निर्णय गरेसँगै पछिल्लो १४ दिनमा श्रम स्वीकृति लिनेको संख्या १ सय १४ नाघेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस