निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न आदेश

काठमाडौं। सर्वोच्च अदालतले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने आयोगको आचारसंहिता कार्यान्वयन नगर्न सो आदेश दिएको हो । आदेशमा भनिएको छ– ‘दुवै पक्षसँगको छलफलबाट अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निर्णय नहुँदासम्म सुविधा र सन्तुलन तथा विषयवस्तुको गम्भीरताको दृष्टिबाट निवेदकले माग गरेकोबमोजिम निर्वाचन आचारसंहिता, २०७८ को दफा ३६ कार्यान्वयन नगर्नू नगराउनू ।’ अदालतले दुवै पक्षलाई छलफलका लागि यही चैत १३ गते बोलाएको छ ।

निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको मागसहित सोमबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट निवेदन दायर गर्नुभएको थियो । आयोगले बनाएको आचारसंहिता गैरकानुनी भएको र केन्द्र तथा प्रदेशको हकमा नपर्ने तर स्थानीय तहका प्रतिनिधिलाई मात्र लक्षित गरेर बनाइएको आचारसंहित गैरकाकानुनी भएको रिट निवेदनमा उल्लेख थियो ।

निर्वाचन आयोगले आगामी वैशाख ३० गते ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन एकैपटक गर्ने तय गरेको छ । निर्वाचनमा फेरि उठ्न चाहने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहितामा अदालतले तत्कालका लागि रोक लगाएको छ । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780