‘वित्तीय बचत जीवनको अति महत्वपुर्ण अंग’

राजविराज । सप्तरीको राजविराजमा मंगलबार वित्तीय बचत सम्बन्धी एक दिने साक्षरता कार्यक्रमको आयोजना गरिएको छ ।

सनराईज बैंक लिमिटेड केन्द्रिय कार्यालय र नेशनल बैकिंङ ईन्ष्च्यिुट काठमाण्डौको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा वचत भनेको जीवन साथी रहेकाले समस्यामा साथ दिने भएकाले बचतको बानी वसाल्न साक्षरता प्रदान गरिएको छ ।

ईन्ष्च्यिुटका प्रतिनिधी विनोद अधिकारीले जीवनमा पैसाको अति महत्व रहेकाले आवश्यक खर्च योजना तहत गरि बचत गरिनुपर्ने बताए । जिल्लाको ग्रामिण तथा शहरी क्षेत्रका एक सयभन्दा बढी महिला र पुरुषहरुको सहभागीता रहेको सो कार्यक्रममा आफ्ना आवश्यक र चाहना पुरा गर्ने उपायहरु, वित्तीय साक्षरताको उदेश्य, महत्व, वचत गर्ने उपाय लगायतका बिषयमा अधिकारीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सनराईज बैंक मधेश प्रदेशका प्रमुख सुमन थापाले वित्तीय वचत जीवनको धेरै महत्वपुर्ण अंग रहेकाले यसका लागि बैकिंङ बचत गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सनराईज बैंकका मार्केटिंङ प्रमुख सोनी श्रेष्ठ, राजविराज शाखाका प्रबन्धक मुकेश साह लगायतले वित्तीय बचत सम्बन्धी सुझाव दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस