जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा पाइने औषधीय गुणले भरिपूर्ण वनस्पतिको संरक्षण समृद्धिको आधार बन्न सक्ने बताएका छन् । २३ औ वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाले धनुषाधाम स्थित वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको ठुलो सम्पतिको रुपमा रहेको वनस्पतिको संरक्षण गरेर मगन्य आम्दानी गर्न सकिने बताएको हो ।
धनुषाधाम संरक्षित वनक्षेत्र संग जोडिएको वनस्पति उद्यान पर्यटकीय विकासमा समेत टेवा पुर्याउने सम्भावना बोकेको बताउदै मुख्यमन्त्री राउतले उद्यान संघीय सरकार मातहत रहेपनि विकासमा प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाए । वनस्पति अनुसन्धान केन्द्रका प्रमुख ताहिर हुसेनको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा धनुषाधाम वनस्पति उद्यानमा हाल २७६ प्रजातिका वनस्पतिहरु रहे्को जनाइएको छ ।