दुई कार्यालयमा एउटै हाकिम

रौतहट । दुई अलग कार्यालयमा प्रमुखको जिम्मेवारी एकै व्यक्तिले पाएपछि समस्या उत्पन्न भएको छ । राजनीति पहुँचको आधारमा एकै व्यक्तिलाई फरक जिल्लामा रहेको दुई अलग कार्यालयको जिम्मेवारी दिइएपछि समस्या उत्पन्न भएको हो ।

हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जका प्रमुख सिनियर डिभिजन इन्जिनियर दारोगा प्रसादलाई रौतहटको चन्द्रनिगाहपुरमा रहेको सडक डिभिजनको प्रमुखको समेत जिम्मेवारी दिएपछि दुवै कार्यालयको प्रशासनिक र पूर्वाधारको कार्य प्रभावित भएको आरोप रहेको छ । विकास निर्माणका कार्य अपेक्षित रूपमा हुन नसकेको आलोचना भइरहेका बेला सडक विभागले एकै व्यक्तिलाई दुई कार्यालयको जिम्मेवारी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

६९ किलोमिटरको दूरीको अन्तरमा रहेको दुई कार्यालय प्रमुखको जिम्मेवारी लिएका दारोगा प्रसादलाई सडक डिभिजन चन्द्रनिगाहपुरमा हाजिर हुँदा हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जमा भेटिँदैन भने हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जमा हाजिर हुँदा सडक डिभिजन चन्द्रनिगाहपुरमा भेटिँदैनन् ।

यति मात्रै होइन काम विशेष वा बिदामा बसेका बेला उनी दुवै कार्यालयमा भेटिँदैनन् जसले गर्दा निर्माण व्यवसायी मर्कामा परेका छन् । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस