‘मतदाता नामावलीमा नाम दर्ता हुने कार्यमा काखा पाखा नहोस्’

राजविराज, ५ असार । मौलिक अधिकार तहत रहेको मतदाता नामावली संकलन र दर्ता कार्यमा सबैलाई समान स्थान दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

आइतवार राजविराजमा आयोजना गरिएको ‘मतदाता नामावलीमा महिला, दलित, सीमान्तकृत लगायतका समुदायको पहुँच सुनिश्चितका लागि जिल्लास्तरीय सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम’ कार्यक्रमका वक्ताहरुले यस्तो जोड दिएका छन् ।

दलित सरोकार मञ्च नेपाल, कञ्चनरुपले आयोजना गरेको सो मञ्चका संस्थापक सदस्य एवम् दलित अभियन्ता भोला पासवान, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य अबधेश झा, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य बौवालाल शर्मा, विष्णुपुर गाउँपालिकाका कार्यपालिका सदस्य अशोक कुमार राम, जिल्ला समवन्य समिति सप्तरीका निवर्तमान सदस्यद्वय लक्ष्मी रजक, गिता खंग, पत्रकार चन्दन यादव, विद्यानन्द राम, प्रिया सिंह थारु लगायतले मतदाता नामावलीमा दलित, महिला तथा सीमान्तकृत समुदायको पहुँच सुनिश्चितका लागि सरोकारबलाले थप गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश कुमार जोशीले मतदाता नामावली दर्ता प्रक्रियामा निर्वाचन कार्यालयले सबैलाई सम्मान व्यवहार गरेको दाबी गरे । ‘मतदाता नामावली दर्ता अभियानमा कसैलाई काखा पाखा गरिएको छैन्, हुँदैन पनि’ हामी योग्यता पुगेका सबै नेपाली नागरिकको मतदाता नामावलीमा पहुँच सुनिश्चितताका लागि गम्भीर छौं ।’

उनले नाम दर्ताका लागि आउने सेवाग्राहीहरुलाई सरल तरिकाले सेवा दिने वातावरण सिर्जनाका लागि सहयोग गर्ने प्रतिबद्वाता पनि व्यक्त गरे । उनले असार १ गतेदेखि शुरु गरिएको मतादाता नामावली संकलन कार्यमा सहयोग गरिदिन हुन पनि सबै आग्रह समेत गरे ।

दलित सरोकार मञ्चका कार्यक्रम संयोजक राज कुमार पासवानले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, दलित अगुवाहरुको सहभागिता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस