अब नागरिकतामा अपमानजनक नाम राख्न नपाइने

जनकपुरधाम । अपमानजनक शब्द राखेर जारी गरिएको नागरिकता प्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

यसअघि विभिन्न जिल्लाका अपमानजनक शब्द प्रयोग गरेर नागरिकता जारी भएको पाइएको थियो । मन्त्रालय आज एक सूचना जारी गर्दै ‘अपमानजनक’ शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र यसअघि जारी भएका नागरिकता पनि सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो ।

त्यस्तै अब अपमानजनक शब्द प्रयोग गरेर नागरिकतामा व्यक्तिको नाम र थप जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न पनि भनिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस